
काभ्रे । काभ्रेको बनेपामा ‘उड्डयन ब्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा पहिलोपटक यहाँ त्यस विषयमा शिक्षण हुने भएको हो ।
स्नातक तहको त्यस विषयमा यस वर्ष ३३ जना विद्यार्थी भर्ना गराइने जनाइएको छ । भेञ्चरका अध्यक्ष रामेश्वर थापाका अनुसार चारवर्षे उक्त तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ । ‘चारवर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यस विषयमा अध्ययन गर्न विदेशिनुपर्ने बाध्यता हट्नेछ’ उहाँले भन्नुभयो ।
यस्तै चारवर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेशन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने जनाइएको छ ।
‘यी पाठ्यक्रमले विमानसम्बन्धी गतिविधि प्रबन्ध गर्न व्यवहारिक प्रशिक्षण प्रदान हुनेछ’ थापाले भन्नुभयो । उहाँका अनुसार विद्यार्थीले जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा शिक्षण गराइनेछ ।
केयुका उपकुलपति डा भोला थापाले समयको मागअनुसार आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण शुरु गर्न लागिएको जानकारी दिनुभयो । ‘नेपालमा यो पहिलो प्रयास हो, हामी नेपालमा यस विषयमा दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वस्त छौँ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न