
पर्वत । जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला गाउँपालिका–८ मा तल्लो कुलो, उपल्लो कुलो, डिलकुलो सिँचाइ योजना, मोदी गाउँपालिका–८ को साजखोला ठूलीब्याड सिँचाइ योजना, कुश्मा नगरपालिका–१२ को अर्जिकोटखोला ब्याड सिँचाइ योजना, महाशिला–३ को अँधेरीखोला, घोप्टेचौर, निगालीडाँडा सिँचाइ योजना सम्पन्न भएका हुन् ।
त्यसैगरी मोदी–१ मा भुकताङ्ले सिँचाइ योजना, जलजला–७ मा लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ योजना र फलेवासस्थित नमूना पोखरी सिँचाइ योजना, लिफ्ट सिँचाइलगायत योजना सम्पन्न भएका उक्त कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार सिँचाइ सुविधा विस्तार गरिएको क्षेत्रफलमध्ये १० हेक्टरमा डिप ट्युबेल आयोजना कार्यान्वयन भएको हो । अब पर्वतमा सिँचाइ सुविधा पुगेको क्षेत्रफल छ हजार तीन सय हेक्टर पुगेको छ । चार हजार पाँच सय ७९ हेक्टरमा मौसमी र बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल एक हजार छ सय ९४ हेक्टर छ । यसबाहेक गत आर्थिक वर्ष २०८०÷८१ मा किसानका साना कुलो सुधार तथा पुनःस्थापनाबाट एक सय २८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।
गत आवमा उक्त कार्यालयमार्फत सञ्चालित प्रदेश मातहतका ८३ वटा योजना र सङ्घीय सरकारअन्तर्गतका २६ वटा योजना गरी १ सय ९ योजना थिए । चालु आवका लागि पनि चार ठूला योजनालाई स्रोत सुनिश्चित भएको छ ।
चालु आवमा सम्पन्न हुनुपर्ने ती योजनाबाट थप ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने कार्यालय प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिनुभएको छ । गण्डकी प्रदेश मातहतको कार्यालयलाई आव २०८०/८१ मा पुँजीगततर्फ १८ करोड ७४ लाख ५० हजार रुपैयाँ प्राप्त भएकामा १७ करोड ४२ लाख ८६ हजार ९ सय रुपैयाँ खर्च भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न