
तम्घास । धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ आयोजनाबाट ५ सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारे लगायत टोलका बासिन्दा लाभान्वित भएका छन् ।
आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थामा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ । ‘पहिला एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो’ स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भन्नुभयो– ‘अहिले घरमै पानी आउदा सहज भएको छ ।’ पहिला खेताला लगाएर पानी ल्याएको उहाँले बताउनुभयो ।
ठूलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न रु चार करोडभन्दा बढी खर्च भएको बताउनुभयो । आयोजना सम्पन्न भएसँगै हाडहाडेका ५ सय ५९ घरमा धारा जडान भएका छन् ।
धुर्कोट गाउँपालिकामा ५ हजार ३ सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न