
चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधनलाई ‘धामीको मन्त्र’ संज्ञा दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्ष पुगेको उपलक्ष्यमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्नुभएको थियो । एमाले अध्यक्ष ओलीले कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेला त्यसलाई ‘धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो’ नबुझिने खालको भएको भन्ने टिप्पणी गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले कार्यक्रममा धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै भन्नुभयो– ‘केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छ र त्यसमा ?’ प्रधानमन्त्रीले एक वर्षको अवधिमा के- के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको ओलीको टिप्पणी छ ।
ओलीले प्रधानमन्त्री दाहाल र सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर सार्वजनिक रुपमा भन्न चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सरकारको कामलाई एमालेले नजिकबाट खबरदारी गरिरहेको भन्दै नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी समेत दिनुभएको छ । ‘कसैले ढाँट छल गर्न खोज्ला, कसैले लुकिछिपीकन नचाहिने काम गर्न खोज्ला, तर नेकपा एमालेले दूरबिन लगाएर कुनाकुनामा हेरेको छ’ उहाँले भन्नुभयो – ‘‘सरकारका काम पाइला पाइलामा हेरेको छ । हरेक ठाउँमा एमालेले हेरेको छ । तसर्थ नराम्रा काम गरेर उम्किन्छु भनेर कसैले नसोचे हुन्छ ।’
ओलीले कांग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै उनीहरु एजेण्डाविहीन पनि भएको उल्लेख गर्नुभयो । एमालेसँग राष्ट्रियताको रक्षा गर्ने अभिभारा भएको उहाँको दाबी छ । ‘अहिले एक धार्नीको कांग्रेस, बिसौलीको माओवादी, यस्तै छन् धार्नी बिसौलीवाला’ उहाँले भन्नुभयो– ‘माओवादी कांग्रेस पार्टीबीच अहिले छलफल चलिराख्या छ, जनताका बीचमा के भन्न जाने हो ? कुन मुखले जाने, के कुरा लिएर जनताकहाँ जाने ? कांग्रेसका केन्द्रीय बैठकहरुले त्यसको समाधान पाएका छैनन् । तर हाम्रो पार्टीको काँधमा यो देशको राष्ट्रियताको रक्षा गर्ने अभिभारा छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने