
काठमाडौँ । मानवसेवा आश्रमको सहजीकरणमा आनी छोइङ डोल्मा फाउन्डेशनले भूकम्प पीडितलाई २० लाख रुपैयाँ बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
गत कात्तिक १७ जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितलाई बुधबार फाउन्डेशनले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो । भूकम्प प्रभावित २ सय ५० घरधुरीलाई प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, दुई किलो सोयाबिन, दुई किलो नुन र दुई लिटर तेलसहित न्यानो ब्ल्याङ्केट वितरण गरिएको । चार सय बालबालिकालाई न्यानो कपडासहित जुत्ता वितरण गरिएको फाउन्डेशनले जनाएको छ ।
भौगोलिक विकटताका कारण भूकम्प गएको दुई महिना बितिसक्न लाग्दा समेत जाजरकोटको ध्यार गाउँमा कुनै पनि सरकारी तथा गैरसरकारीतर्फबाट राहत प्राप्त हुन नसकेको अवस्थामा यो सहयोगले कष्टपूर्ण जीवन बिताइरहेका भूकम्प पीडितलाई राहत पुग्ने फाउन्डेशनका अध्यक्ष आनी छोइङ डोल्माले बताउनुभयो ।
गायिका तथा समाजसेवी आनी छोइङ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमलगायतको टोलीले राहत वितरण गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने