
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताउनुभएको छ । प्रधानमन्त्रीले मंगलबार ज्यापु संस्कृति विकास कोषले वसन्तपुरमा आयोजना गरेको समारोहमा विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान र गौरव भएको धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधि नेपालका अमूल्य निधि भएको बताउनुभयो । ‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहको साझा देश हो’ उहाँले भन्नुभयो– ‘भौगोलिक रूपमा सानो भए पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदा र सामाजिक बनोट विश्वमै नमूना रहिआएको छ ।
प्रधानमन्त्रीले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अङ्गका रुपमा लिएको उल्लेख गर्नुभयो । ‘राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु’ उहाँले भन्नुभयो ।
उहाँले सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कार चल्दै आएकाले यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको विचार व्यक्त गर्नुभयो । ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व भएको प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकाभित्रका ज्यापुले विभिन्न बाधा अड्चनका बाबजुत पनि परम्परागत मौलिक संस्कृतिको जगेर्नाको प्रयासलाई सरकारले कदर गर्दै आएको बताउनुभयो । उहाँले सरकारको सानो सहयोगबाट शुरु भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदाय समेतको सहयोग रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सद्भाव लिई काठमाडौँ उपत्यकाभित्रका ज्यापुलाई मात्र नभएर मोफसलमा बसोबास गर्दैआएका ज्यापु समेटेर बिसौँ राष्ट्रिय ज्यापु दिवस मनाएकामा बधाई ज्ञापन गर्नुभएको छ । उहाँले आगामी दिनमा समेत सरकारका तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउनुभयो । प्रधानमन्त्रीले सरकारका तर्फबाट ज्यापु संस्कृति विकास कोषलाई सहयोग गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत््का रूपमा मनाउने निर्णय गरेको र अहिले तेस्रो कार्यकालमा नेपाल यसलाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको उल्लेख गर्नुभयो । ‘नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान तथा अधिकारका निम्ति मैले लगातार सङ्घर्ष गर्दै आएको छु’ उहाँले भन्नुभयो– आगामी दिनमा समेत मेरो र नेपाल सरकारका तर्फबाट यहाँहरूलाई साथ तथा सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’
राष्ट्रिय ज्यापु दिवसले नयाँ जोस, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुशीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने उहाँले शुभकामना दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेवारी भाषा, सम्पदा र संस्कृतिको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापु समुदायको संरक्षण, पुरातात्विक सम्पदाको जगेर्ना गर्ने कार्यमा महानगरले विशेष चासो दिएको उल्लेख गर्नुभयो ।
कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह र राष्ट्रिय ज्यापु दिवस समारोहका संयोजक धनबहादुर महर्जनले ज्यापु संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन तथा परम्परागत गुठी खलहरुको संरक्षण गर्ने कार्यमा समन्वयका साथ अघि बढेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा