+

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि शुरु हुँदै

काठमाडौँ। सत्ता गठबन्धन टिकाउन निर्णयक भूमिका खेल्दै आएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक काठमाडौँमा भोलिदेखि शुरु हुँदैछ । 

पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भूसालले जानकारी दिनुभएको छ ।  महासचिव भूसालका अनुसार बैठकमा देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिनेछ ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिने भूसालले बताउनुभयो ।  माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उहाँले जानकारी दिनुभयो । 

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेभएको छ । बैठकमा  महासचिव भूसालले साङ्गठनिक प्रतिवेदन पेश गर्नु हुनेछ ।। विधान संशोधनको लागि  माघ १४ र १५ गते काठमाडाैँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट