
काठमाडौँ । कर्णालीमा भूकम्प पीडितका लागि अहिलेसम्म ११ हजार अस्थायी घर निर्माण भएका छन् । जाजरकोट भूकम्पका ६७ हजार बढी प्रभावित मध्ये अहिलेसम्म ११ हजार ३ सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् ।
अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटमा ५ हजार २ सय २, रुकुमपश्चिममा ५ हजार ७ सय ९८, सल्यानमा १ सय ९३, बझाङमा १३ र बाजुरामा १ सय ३० घर निर्माण सम्पन्न भइसकेका छन् ।
पोखरेलले अहिलेसम्म केन्द्रबाट अस्थायी आवासका लागि २ अर्ब २६ करोड रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिनुभयो । त्यसमध्ये १ अर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रुपैयाँ पठाइसकिएको उहाँले बताउनुभयो ।
अहिलेसम्म जाजरकोटमा ३५ हजार १ सय ४०, रुकुमपश्चिममा २३ हजार ६ सय ८, सल्यानमा १ हजार ७ सय ३०, बझाङमा ४ हजार ५ सय ७६ र बाजुरामा २ हजार ७ सय २९ गरी कुल ६७ हजार ७ सय ८३ भूकम्प प्रभावित कायम भएका छन् ।
करिब ५० हजार भूकम्प प्रभावितसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताउनुभयो । उहाँका अनुसार शुरुमा अस्थायी आवासका लागि सेवा लिने भूकम्प प्रभावित संख्या गति कम भए पनि अहिले भने बढिरहेको छ ।
भूकम्प प्रभावित पहिचान हुँदै गएकाले संख्या थपिँने क्रम बढेको भन्दै लाभग्राहीको ८० हजार पुग्ने अनुमान गरी त्यही अनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ८० हजार भूकम्प प्रभावित हुँदा उनीहरूको अस्थायी आवासका लागि ४ अर्ब ७५ करोड रुपैयाँ लाग्ने भएकाले त्यही अनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ । त्यसमध्ये २ अर्ब २६ करोड पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उहाँको भनाई छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते ६.४ र म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय