काठमाडौँ । विद्यावारिधि कुनै पनि विद्याको उच्च उपाधि हो । विद्यावारिधि प्राप्त गर्न त्यति सजिलो छैन । मानिसले वर्षौको अध्ययन तथा मेहनतपछि बल्ल विश्व विद्यालयबाट विद्यावारिधि प्राप्त पर्छन् । विभिन्न क्षेत्रमा विद्यावारिधि गर्ने प्रचलन छ । जुन क्षेत्रमा विद्यावारिधि गर्यो, त्यो क्षेत्रको विज्ञ मानिन्न्छ ।
विद्यावारिधि अब मानिसमा मात्रै सीमित रहेन । जनावरले समेत विद्यावारिधि प्राप्त गर्न थालेका छन् । घरपालुवा जनावरले विद्यावारिधि गर्न थालेका हुन् । एउटा कुकुरले ओस्कार अवार्ड समारोह तथा कान्स फिल्म फेस्टिवलमा रेड कार्पेटमा पोज दिइरहेको देखेपछि बिरालो पनि के कम ? एउटा बिरालोले साहित्यमा विद्यावारिधि गर्न सफल भएको छ ।
अमेरिकाको भर्मोन्ट स्टेट विश्वविद्यालयस्थित क्यासल्टन क्याम्पसबाट ‘म्याक्स डाँव’ नामक बिरालोले विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेको हो । यद्यपि त्यो बिरालोले मुसा मारेर पिएचडी उपाधि पाएको होइन। क्यासल्टन क्याम्पसले बिरालोलाई उसको मित्रवत् व्यवहारका कारण सम्मान स्वरुप मानार्थ विद्यावारिधिको उपाधि दिएको हो ।
क्याम्पसको मुख्य गेट नजिकैको घरमा बस्ने म्याक्स विद्यावारिधि गरेसँगै क्याम्पसमा थप आकर्षणको केन्द्र बनेको छ । धेरैजसो क्याम्पसभित्रै समय बिताउने म्याक्सले आफ्नो मित्रवत् व्यवहारका कारण क्याम्पसमा आवतजावत गर्ने सबै मानिसहरुको ध्यान आफूतर्फ खिच्ने गरेको छ । म्याक्स कैयन् वर्षदेखि क्याम्पसका विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीसँगै क्याम्पसको हल तथा पुस्तकालय लगायतमा डुल्ने गरेको छ ।
म्याक्सका मालिक एस्ले डोका अनुसार उनको घरपालुवा बिरालो विद्यार्थीहरुसँग भेट्ने ध्याउन्नमा वर्षौं पहिलेदेखि नै क्याम्पसमा आउन शुरु गरेको थियो । उसलाई कोही मानिसले हातले उचालेको, सँगै खेलेको तथा क्याम्पसको कार्यक्रममा सहभागी गराएको निकै मन पर्दछ । विद्यार्थीसँग कहाँ र कहिले भेट्ने भन्ने उसलाई जानकारी हुन्छ । क्याम्पसका सबैले म्याक्सलाई चिन्दछन् । ऊ सबैसँग खेल्नमा रुची राख्दछ। यहाँसम्म कि सेल्फीका लागि समेत पोज दिन्छ ।
विश्वविद्यालयले आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै म्याक्स कैयौं वर्षदेखि विश्विद्यालयको परिवारको सदस्यको रुपमा रहेको जनाएको छ । विश्वविद्यालयको नियमित दीक्षान्त समारोहमा म्याक्स उपस्थित नहुने र उसका लागि छुट्टै कार्यक्रमको आयोजना गरेर विद्यावारिधिको उपाधिले विभूषित गरिने बताइउको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते