
काठमाडौँ । भारतको मथुरामा अनौठो घटना भएको छ । त्यसले चिकित्सकहरूलाई पनि अचम्मित बनाएको छ ।
पेट दुखाइबाट पीडित एक युवकले युट्युबको सहायता लिएर आफ्नै अपरेशन गरे । उनले सर्जरी गरेर ११ टाँका लगाए र त्यसपछि अस्पताल पुगे ।
वृन्दावनको सुनरख गाउँका ३२ वर्षीय राजा बाबू ठाकुरले लामो समयदेखि पेट दुखाइबाट ग्रसित थिए । उनले धेरैपटक चिकित्सकहरूसँग उपचार गराए पनि कुनै सुधार देखिएन । १८ वर्षअघि उनले अपेंडिक्सको अपरेशन गराएका थिए, त्यसयता पेट दुख्ने समस्या बारम्बार भइरहेको थियो ।
लगातार दुखाइ सहन नसकेपछि उनले आफैं अपरेशन गर्ने निर्णय गरे । उनले पहिले आफूलाई सुन्न पार्न इंजेक्सन लगाए र त्यसपछि सर्जिकल ब्लेडको सहायताले पेट चिरे । सुरुमा उनलाई पीडा महसुस भएन, तर केही समयपछि औषधिको असर सकिएपछि उनी असह्य पीडाले चिच्याउन थाले ।
परिवारका सदस्यहरूले उनको चिच्याहट सुनेर तुरुन्त अस्पताल लगे । चिकित्सकहरूले उनलाई गम्भीर अवस्थामा भर्ना गरे र उपचार सुरु गरेका छन् । चिकित्सकहरूका अनुसार उचित ज्ञानबिना यस्तो कदम चाल्नु ज्यानमारा हुन सक्छ ।
हाल राजा बाबूको अवस्था स्थिर रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री