+

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते


कपिलवस्तु । काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुबाहक बस आज बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रौटा–इमिलिया सडकखण्डको बेलनदी नजिक बस अनियन्त्रित भई पल्टिँदा २९ जना यात्रु घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिँगेलले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते २८ जनाको उपचार नजिकैको स्थानीय अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।

बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट