
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका आशीष चौधरीले बिहीबार होलिका अवसरमा नयाँ आगो घर भित्र्याउनुभयो । होलिका जलाइएको ठाउँबाट चौधरीले बलिरहेको गुइँठा घर ल्याउनुभएको हो ।
गुरुवाले तान्त्रिक विधिबाट शुद्ध गरेको आगो घर भित्र्याएर पुराना आगो फालिएको छ । चौधरी जस्तै गाउँका सबैजनाले होलिका जलाएको ठाउबाटै नयाँ आगो घरघरमा लगेका छन् । त्यही आगोले देउथुनवामा बत्ती बाल्ने र घरमा खाना पाकाउने वैदिककालदेखिकै चलन रहेको बुढापाकाको भनाइ छ । नयाँ आगोलाई अर्को वर्षको होली नआउँदासम्मका लागि राख्ने चलन रहेको थारु बुद्धिजीवी नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
नयाँ आगो भित्रयाएमा धनधान्यले परिपूर्ण हुने, अन्नको कमी नहुने, रोगव्याधी नलाग्ने विश्वास थारु समुदायमा रहेको उहाँले बताउनुभयो । पुर्खौंदेखि चल्दै आएको चलन अहिले पनि पुस्तान्तरण हुँदै जीवित रहेकामा उहाँले सन्तोष व्यक्त गर्नुभयो । होलीका जलाउने कार्यलाई थारु समुदायले ‘होल्का डुङग्ना’ भन्ने गर्दछन् ।
‘बडघरको घरमा जम्मा भयौँ”, नरेन्द्रले भन्नुभयो, “तेल, गुड, ल्वाङ र गहुँको पीठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे ९एकातर्फ मात्रै पाकेको० रोटी पकायौँ, बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङग्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ ।’
नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को ९होलिका० बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन् । यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन । आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ । आगो लगाउन आएका सबैलाई रोटी र गुडप्रसादका रुपमा समान बाँड्ने चलन छ ।
घरघरमा आगो लैजान आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो गाउँका भद्रभलादमीले निभाउने गर्दछन् । आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने गरिएको चेतराज चौधरीले बताउनुभयो ।
पहिलो दिन नयाँ आगो घरमा भित्र्याएपछि आज दोस्रो दिन बिहानै गाउँका महिलाले होलीका जलाएको ठाउमा पानीले सफा गरी बह्रनी (एक प्रकारको झाडु) ले सफा गर्ने गर्दछन् । होलिका जलाएको खरानी बोकेर घर फर्किएका छन् ।
होलीको रङ (फगुवा) लगाउनुअघि घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा (देवस्थान) मा चढाएर ढोग गरेपछि खरानीसहित परिवारलाई रङ लगाउने तयारी शुरु गरिएको छ । होलिका जलाएको खरानी घरपरिवारमा प्रसादका रूपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा थारु समुदायमा रहेको गहनु चौधरीले बताउनुभयो ।
घरपरिवारमा खरानीको टीका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुशियाली साटासाट गर्ने र होली खेल्ने काम शुरु हुन्छ । तीन दिनसम्म होली मनाइने गरिन्छ । थारु बुढापाकाका अनुसार पहिलो दिन पानीले, दोस्रो दिन रङ र तेस्रो दिन हिलो एकअर्कामा छयापेर होली मनाइन्छ ।
बदलिँदो परिवेशअनुसार हाल हिलो छ्यापेर होली मनाउने चलन भने हुन छाडेको छ । होलीका अवसरमा मान्यजनबाट अबिर लगाउने, एकापसमा खुशियाली साटासाट गर्ने गरिन्छ । ढोगसलाम लाग्ने कार्य हुन्छ ।
होलीमा विगतको रिसराग भुलेर एर्कालाई रङ दल्ने गरिन्छ । रमाइलोका लागि होली खेल्ने, नाचगान गर्ने चलन थारु समुदायमा छ । घरभन्दा बाहिर रहेका होलीका अवसरमा घर फर्कने गर्दछन् ।
परिवारका साथ बसेर भलाकुसारी गर्ने अवसर यसबेला जुर्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
- नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
- जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षाको लागि अभियान थाल्ने
- भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली
- गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाद्वारा प्रदर्शन
- ‘देश र जनताको सेवामा रातदिन खटिँदा पनि मलाई बर्खास्त गरियो’
- हावाको गतिले घटायो वायु प्रदूषण
- बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
- जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री
- किन बढ्दै छ वायु प्रदूषण ?