
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउगोठमा सुतेकी एक महिलाको सर्पदंशका कारण मृत्यु भएको छ। २८ वर्षीया कमला आउजी दमाईलाई शुक्रबार राति सुतिरहेकै बेला विषालु सर्पले टोकेको थियो।
डसेको केही समयपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि शनिबार बेलुका उनको ज्यान जोगिन सकेन, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी सागर बोहराले जानकारी दिए। मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ।
कृष्णपुर नगरपालिका छाउपडी प्रथा अन्त्यका लागि अभियान सञ्चालनमा रहेको पालिका भए पनि अझै पनि धार्मिक र सांस्कृतिक कारण देखाएर महिला छाउगोठमै बस्न बाध्य हुने गरेको वडा अध्यक्ष मोहनबहादुर बस्नेतले बताए।
“कमलाको घर पक्की भए पनि महिनावारी भएकै कारण शुक्रबार राति ९ बजे उनी छाउगोठमा सुतिरहेकी थिइन्। त्यही बेला सर्पले टोकेको थियो,” वडा अध्यक्ष बस्नेतले भने, “उपचारका लागि तुरुन्त अस्पताल लगिए पनि ज्यान बचेन।”
उनका अनुसार मृतकका १५, ९ र ६ वर्षका तीन छोरा छन्। उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका छन्, र घटना सुनेर घर फर्कंदै गरेको जानकारी वडा कार्यालयले दिएको छ।
वडाध्यक्ष बस्नेतले यसअघि कृष्णपुरमा एक पटक सबै छाउगोठ भत्काइएको भए पनि “देउता रिसाउने” भन्ने अन्धविश्वासकै कारण फेरि स्थानीयले गोठ बनाएर महिनावारीका समयमा बस्ने क्रम दोहोरिएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै