
काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्र्वाचन सम्पन्न भएको जनाएको छ ।
शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) को मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो ।
आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका खेल्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचमा सङ्लग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, पर्यवेक्षक, उम्मेदवारलगायत सबै क्षेत्र र समुदायप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।
त्यसैगरी मतगणना कार्यमा समेत सबै सरोकारवालाको सकारात्क सहयोग हुने अपेक्षा गरेको पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार हाल मतदानको विवरण आयोगको सूचना प्रणलीमा प्रविष्ट हुने क्रम जारी रहेको छ भने मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी भइरहेका छन् ।
त्यस्तै, हालसम्मको विवरणअनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा इलामको सोही निर्वाचन क्षेत्रमा ५९ दशमलव ७८ प्रतिशत र बझाङको सोही क्षेत्रमा ५२ दशमलब ९८ प्रतिशत मतदान भएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै
निर्वाचन आयोगले आज सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम चैनपुरमासम्म ल्याउन लागिएको जनाएको छ ।
निर्वाचन आयोगले आवश्यक सबै साधनबाट यही वैशाख १६ गते बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाएको जनाएको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन