कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणबाट आज युवक घाइते भएका छन् ।
प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् । वनमा स्याउला टिप्न गएका बेला चितुवाले धामी लाई आक्रमण गरेको हो । घाइते धामीको धनगढीमा उपचार भइरहेको छ ।
पारिफाँटा, मरभोज लगायत क्षेत्रमा पछिल्लो समय चितुवाले आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् । भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताउनुभयो । धामीको हात र टाउकोमा घाउ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते