
मकवानपुर । गएको चैत २० गते नियुक्त भएका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गैरकानुनी ढंगले कर्मचारी सरुवा गरेपछि कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रदेश सरकारमा कर्मचारी सरुवा गर्ने अधिकार प्रदेशका प्रमुख सचिव र सचिवलाई मात्र हुने व्यवस्थामा स्वास्थ्य मन्त्री श्रेष्ठले ‘मन्त्रीस्तरीय’ निर्णय भन्दै कर्मचारीको सरुवा आतंक मच्चाएपछि कर्मचारीको मनोबल गिरेको हो । मन्त्री श्रेष्ठले हेटौँडा अस्पतालका प्रशासन प्रमुख चिन्ताहरि बास्तोलालाई गरेको काज सरुवामा पनि ‘मन्त्रीस्तरीय’ निर्णय भनेर पत्र पठाएपछि प्रदेश सरकारमा मन्त्रीले कर्मचारी सरुवा गर्ने व्यवस्था नभएकामा अधिकार दुरुपयोग गर्दै आतंक मच्चाएको भन्दै कर्मचारी संगठनहरुले आपत्ति जनाएका हुन् । जबकि बास्तोला संघमा बढुवा भएर वैशाख २३ गतेसम्ममा अन्तै कतै जाने गरी बसिरहेका छन् ।
के छ कानुनी व्यवस्था ?
प्रदेश सरकारमा प्रमुख सचिव अथवा सचिवले मात्रै कर्मचारी सरुवा गर्ने अधिकार उल्लेख छ । परिच्छेद ४ को दफा २६ मा सरुवा गर्ने अधिकारमा स्पष्टसँग किटान गरिएको छ कि, एघारौँ तह वा सोसरहका कर्मचारीलाई प्रदेश सरकारले सरुवा गर्ने व्यवस्था छ । यस्तै, ख मा उल्लेख भए अनुसार, नवौँ र दशौँ तहका कर्मचारीलाई प्रदेश सरकारका प्रमुख सचिवले सरुवा गर्ने भनिएको छ । उपदफा ग मा एक मन्त्रालय वा अन्तर्गत को कार्यालयमा कर्मचारी सरुवा गर्न पनि प्रमुख सचिवले मात्रै सक्ने भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन