
काभ्रे । कोशी पारिस्थित चौरीदेउराली गाउँपालिकामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो जीप भुम्लु गाउँपालिका वडा नम्बर ५ मुलाबारीमा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । घाइते को प्राथमिक स्वास्थ्य केन्द्र बिहानलातीमा प्राथमिक उपचारपछि धुलिखेल अस्पताल लगिएको . प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जीप सडकबाट करिब ३०/३५ मिटर तल खसेको छ । गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । घाइते मध्ये तीन महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन