
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टी विभिन्न पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले सत्तारुढ दल नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा कम्युनिष्ट पार्टी विभाजनको समीक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि ? उहाँले भन्नुभयो –पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलको नीति र विचारमा विचलन आएको हो कि ? भन्ने टिप्पणी समेत गर्नुभयो । ‘साँच्चै भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका के वामपन्थी, के गैरवामपन्थी, सबै राजनीतिक दलले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि ?’ उहाँले भन्नुभयो– बेलाबेलामा समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रका महत्वपूर्ण विषयमा सबै राजनीतिक दलले साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो । छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने उहाँको भनाई छ । ‘यी दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन