
लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं। १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो ।
पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो । उहाँले दलित समुदायको पराम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने उल्लेख गर्दै लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न नगरपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरणसँगै सीप सिकाउने अभियान पनि सुरु गरेको बताउनुभयो
यसैबीच, सुन्दरबजारमा सञ्चालित दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शिविरमा दुई सय १७ जनाले सेवा लिएका सुन्दर बजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।
सुन्दरबजार अस्पतालको आयोजना तथा सुन्दरबजार नगरपालिका वडा नं। ७ को सहयोगमा शिविर सञ्चालन गरिएको हो । त्यसमा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन