
लुम्बिनी । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले ७ विनाविभागीय मन्त्री थप गर्नुभएको हो । प्रदेशमा अब मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
मुख्यमन्त्री महराले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज दुई चरणमा मन्त्रिपरिषद्मा ७ जना थपेर ११ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले) बाट भूमिश्वर ढकाल, अर्जुनकुमार केसी, दिनेश पन्थी र रत्नबहादुर खत्री विनाविभागीय मन्त्री हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी) का भगवती अधिकारी र प्रदेशसभामा स्वतन्त्र सदस्य खड्क बस्नेत पनि आजै विना विभागीय मन्त्री नियुक्त हुनुभएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई आज आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
यसअघि मुख्यमन्त्री नियुक्तिसँगै चैत २५ गते नियुक्त भएका एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई आज नै विभागीय जिम्मेवारी तोक्नुभएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।
आज बिहान ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेको केही समयपछि मन्त्रालय थपेर मुख्यमन्त्री महराले प्रदेशसभामा एक जना मात्र सदस्य रहेको एकीकृत समाजवादीलाई आज नै दोस्रो पटक मन्त्री नियुक्त गर्नुभएको थियो । पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेशसभा सदस्यको समर्थनमा गत चैत २३ गते माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्री बन्नुभएको हो ।
सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री महरा, मन्त्रीहरु, प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, पूर्वमख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लिला गिरी, मन्त्री, विभिन्न दलका नेताहरु र उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन