
पर्सा । चैतेदशैँका अवसरमा वीरगञ्जको गहवामाई मन्दिरबाट आज निशानसहितको डोली यात्रा हुँदैछ
मन्दिर व्यवस्थापनको जिम्मेवारीमा रहेको माईस्थान सञ्चालन समितिले अपराह्न चार बजेको शुभसाइतमा निशानसहितको डोली यात्रा गर्न लागेको हो ।
समितिका अध्यक्ष नरेन्द्रकुमार साहले डोलीयात्राको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । ‘वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको पहिलोपटक डोली यात्रा गर्दैछौँ’ उहाँले भन्नुभयो– ‘यो डोली यात्रामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेका छौँ ।’
मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको शुभसाइत आज अपराह्न २ बजे रहेको बताउनुभयो । ‘दिनको २ बजे निशानपूजाको शुभसाइत छ । दुई बजेदेखि चार बजेसम्म पूजापाठ र आवश्यक तयारी गर्नेछौँ’ उहाँले भन्नुभयो– ‘डोली यात्राको साइत भने दिनको ४ बजे छ ।’
डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट प्रारम्भ भई वीरगञ्जको रोड नम्बर २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गण आएर समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन