
चितवन । इच्छाकामना गाउँपालिकाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको छ । सुन्तलाखेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान लगायतका विभिन्न कार्य गर्दै आइरहेका छन् ।
गाउँपालिकाले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि सुन्तला उत्पादक कृषकहरुलाई अनुदानमा विरुवा, बगैँचा व्यवस्थापनका लागि कृषि सामग्री उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिक बगैँचामै पुगेर सुन्तलामा देखा परेको समस्याहरु पत्ता लगाई निराकरणको उपाय खोजी गर्ने, माटो परीक्षण गराउनेलगायतका काम गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि सुन्तलाको विरुवा र कृषि सामग्री वितरण गरिने उहाँको भनाइ छ ।
अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि कृषकहरुलाई कृषि सामग्री, विरुवाहरु अनुदानमा उपलब्ध गराउँदै आइरहेका छौँ, चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दैछौँ ।” सुन्तला कृषकका लागि बगैँचा व्यवस्थापन गर्न आवश्यक पर्ने औजार ५० प्रतिशत अनुदानका लागि भने कृषकहरुसँग सम्झौताको चरणमा रहेको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बराबरको सुन्तलाको विरुवा अनुदानमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सुन्तलाको बेर्ना अनुदानमा प्राप्त गर्नका लागि निवेदन दिन आग्रह गरेको छ । सुन्तलाखेती प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउन गाउँपालिकाले गत पुसमा तीन दिन सुन्तला महोत्सव समेत सम्पन्न गरेको थियो ।
कृषि शाखा प्रमुख आशीष त्रिपाठीका अनुसार अनुदानका कार्यक्रम सञ्चालनसँगै सुन्तलाखेती गर्ने क्षेत्र बढ्दै गएको छ । चालु आवमा ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । गत आवमा यहाँ ७० हेक्टर क्षेत्रफल सुन्तलाखेती गरिएको थियो । सो आवमा वडा नम्बर ५ मा पाँच हजार एक सय विरुवा अनुदानमा वितरण गरिएको थियो । अनुदानमा विरुवा वितरणपछि सुन्तालाखेती गर्ने क्षेत्र बढेको हो ।
यस वर्ष सुन्तला खेतीबाट यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले १० करोड रुपैयाँ हाराहारीमा आम्दानी गरेको कृषि शाखा प्रमुख त्रिपाठीले बताउनुभयो । किसानले प्रति किलो ७० देखि ८० सम्ममा सुन्तला बिक्री गरेका थिए ।
गाउँपालिकाको वडा नम्बर ३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नम्बर ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नम्बर २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । उत्पादन भएको सुन्तला स्थानीय स्तरमा बिक्री हुनुका साथै नारायणगढ, काठमाडौँ र पोखरा लगायत शहरमा समेत जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन