
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ ।
पहाडीले निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गर्नुभएको हो । पहाडीले दुई सय ४८ मत प्राप्त गर्नुभयो भने शर्माले एक सय २७ मत मात्र प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित हुनुभएको छ । सदस्यहरुमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् ।
पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो । अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको हो ।
सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग