
सङ्खुवासभा । गुराँस को राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा वन फडानी रोक्न माग गरिएको छ । दुई वटा सामुदायिक वनमा डोजरले जथाभावी रुख ढलाइ रहेको भन्दै प्रतिनिधि मण्डलले जिल्ला प्रशासनमा ‘गुराँस वन फँडानी रोकी पाउँ’ भनि निवेदन दिएको हो ।
चैत २८ गते बुधबार तीनजुरे हात्तीसार सामुदायिक वनका उपभोक्ता सूर्जबहादुर तामाङ र लाल सिँ मोक्तानको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय सङ्खुवासभालाई पत्रलेखि त्यसको बोधार्थसमेत सरोकारवाला अन्य पाँचवटा निकायमा पठाएका छन् ।
कोशी करिडोर २२० केभी प्रशारण लाइन निर्माणका क्रममा सरोकारवाला सामुदायिक वनका उपभोक्तालाई बिनाकुनै जानकारी रुख काटेर गुराँस वन फँडानी गरेको भन्दै उपभोक्ताले आपत्ति जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले तीन दिनभित्र गुराँस वनको डोजर हटाउन र रुख कटान बन्द गराउन सामुदायिक वनका उपभोक्ताले माग गरेको निवेदनमा उल्लेख गरिएको छ । माग सुनुवाइ नभए सामुदायिक वनका उपभोक्ता कडा आन्दोलनमा जान बाध्य हुने निवेदनमा लेखिएको छ ।
कोशी करिडोरले बिजुली पोल जडानका लागि आर्थिक वर्ष २०७७/७८ मा ६ सय २९ रुख कटान गर्ने सम्झौता गरेको र यसका लागि करिब १० लाख रुपैयाँ कटान खर्च उपलब्ध गराएको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताउनुभयो । सम्झौता भएलगत्तै ६ सय २९ रुख काटिएको भए पनि अहिले बिना सम्झौता हजारौँ रुख काटिएको उहाँको आरोप छ ।
यसैगरी पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिकबहादुर बानियाँलेसमेत गुराँस वन फँडानी भइरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन