
बागलुङ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैतेदशैँ मेला आजदेखि शुरु भएको छ । बागलुङ कालिका भगवती गुठीको आयोजनामाशुरु भएको मेला नेपालकै ऐतिहासिक मेलामध्येको एकअन्तर्गत पर्दछ ।
मेला शुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्नुका साथै स्थानीय उत्पादनको खरिदबिक्री हुन थालेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिदबिक्रीका लागि स्टल राखिएको व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले तीन सय वर्षभन्दा पुरानो मेलालाई निरन्तरता दिँदै आइएको बताउनुभयो ।
‘विसं १५९१ मा पर्वते राजा प्रतापी नारायणसिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफुसँगै दाईजोका रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइएको थियो’ अध्यक्ष खड्काले भन्नुभयो– ‘भोलिपल्ट मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि त्यो ठाउँमा मन्दिर स्थापना भयो । पछि चैतेदशैँमा आउने भक्तजनले स्थानीय उत्पादनको खरिदबिक्री गर्ने चलन बढेसँगै चैतेदशैँको मेलाका रुपमा अहिलेसम्म निरन्तरता पाएको छ ।
बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी बोका, राँगा तथा हाँस, कुखुराको बली दिने गरिन्छ ।
आगामी वैशाख ६ गतेसम्म सञ्चालन मेलामा १ करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा लिइएको छ । पहिलापहिला चैतेदशैँका लागि भनेर वर्षभरि रकम जम्मा गरेर घरायसी सामग्री खरिद गर्ने गरिएको रामरेखाका ८५ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गर्नुभयो । ‘एउटा पैसा कहिलेलाई चैतेदशैँलाई’ भन्ने गीत समेत गाइने उहाँको भनाइ छ ।
आचार्यले पहिला पैसा खर्च गर्ने स्थान नै चैतेदशैँ भएको भन्दै पहिला जस्तो चैतेदशैँको रौनकता घटेको बताउनुभयो । ‘पहिला डाली, नाङ्ला, ठेकाठेकी, आसी र बाउसा खरिद गर्ने काम चैतदसैँमा हुन्थ्यो । अहिले त आधुनिक रमाइलो मात्रै छ’ उहाँले भन्नुभयो, “मेलाले निरन्तरता पाउनु नै ठूलो कुरा हो ।’
मेलामा पुरुष भलिबल, दोहोरी छेलो, विद्यालयस्तरीय नृत्य, कालिका मन्दिर परिसरदेखि शालग्राम सङ्ग्रहालयसम्म दाँड लगायत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भलिबलमा हालसम्म विभागीय टोलीसहित १२ टिमले र दोहोरी प्रतियोगितामा ३४ समूह दर्ता भएका छन् ।
मेलामा पाँच लाख धार्मिक तथा आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ । मेलाको पहिलो दिन आज भलिबल, नृत्य र दोहोरी गीत प्रतियोगितको उद्घाटन गरिनेछ । चैतेदशैँ शुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढेको छ । चैते महिना शुरु भएपछिदेखि नै कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको व्यवस्थापन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग