
काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
सोमबार यहाँ गायिका खुशी थुलुङ्ग राईको गीतिसङ्ग्रह ‘खुशीका रङ्गहरू’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले गीतसङ्गीतका माध्यमले सर्जकले दिने सन्देश सिधै समाजमा पुग्ने बताउनुभयो । ‘गीतसङ्गीतलाई मनोरञ्जनकै रुपमा मात्र लिनुहुँदैन, यसले समाज रुपान्तरणमा भूमिका निर्वाह गर्ने भएकाले म सर्जकलाई त्यहीअनुसार कला र संस्कृतिलाई प्रयोग गर्न आग्रह गर्छु, यद्यपि गीतको आफ्नै शैली हुन्छ, यो अहिले सामान्य सुनियता पनि कालान्तरमा यसको महत्व दर्सिन्छ’ पूर्वमन्त्री राईले भन्नुभयो ।
उहाँले गीतिसङ्ग्रहमा समावेश आठ गीतमध्ये श्रव्यदृश्य तयार पारिएको पहिलो गीत ‘प्रेमको अर्थ’ हेरेपछि अभिनय गर्ने मोडल रुकमान लिम्बू र करिश्मा श्रेष्ठको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, गायिकाले सुमधुर स्वरमार्फत सजिलै मोहित गर्न सक्नुहुन्छ, म उहाँहरूलाई गीतसङ्गीतलाई निरन्तरता दिन आग्रह गर्दछु ।’
गायिका राईले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु, म नयाँ भए तापनि यस क्षेत्रलाई नियाल्दै अगाडि बढिरहेको सङ्गीतको विद्यार्थी हुँ, प्राप्त प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’ गायिका राईले भन्नुभयो ।
सार्वजनिक गीत ‘प्रेमको अर्थ’ मा क्रान्ति सुब्बाले शब्द रचना र हरी लम्सालले सङ्गीत दिनुभएको छ । गीतको श्रव्यदृश्यमा देखिनुभएका मोडल लिम्बूले एक प्रेमिल जोडीको जीवनलाई श्रव्यदृश्यमा देखाइएको बताउनुभयो ।
‘गीतमा श्रीमतीलाई माया गर्ने श्रीमान्को कथालाई देखाइएको छ, उसको निःस्वार्थ भाव र प्रेमले श्रीमतीलाई आकर्षित गर्ने पक्षलाई हामीले श्रव्यदृश्यमा समेटेका छौँ, यो गीतको श्रव्यदृश्यले प्रेमलाई परिणामको आशा नगरी व्यक्त गर्न प्रेरित गर्छ’ मोडल लिम्बूले भन्नुभयो । गीतको श्रव्यदृश्यलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध