
नयाँ दिल्लीे । लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् ।
माइक्रोसफ्टको स्वामित्वमा रहेको सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर) थप्न तयारी भइरहेको त्यो समूहले जनाएको छ । जागिर खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको टेकक्रन्चले कम्पनीको स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ ।
वर्डल नामको गेमले पनि लाखौं व्यक्तिलाई जोड्नेजस्तो पजल–म्यानिया (मस्तिष्कलाई चुनौती दिने क्लासिक पजलको सङ्ग्रहको एक किसिमको खेल ) ले लोकप्रियता हासिल गर्न थालेको छ । माइक्रोसफ्टले अगाडि सारेका तीन वटा खेल ‘क्वीन्स’, ‘इन्फरेन्सन’ र ‘क्रसक्लिम्ब’ हुन् ।
लिंक्डइनका एक जना प्रवक्ताले ‘हामीले गेमिङमा काम गरिरहेको छौँ तर अझैसम्म कुन मितिमा प्रारम्भ गर्ने भनेर तयारी भई सकेको छैन’ भन्नुभयो । उहाँले लिंक्डइनमा ‘पजल–आधारित’ खेल रमाइलो गर्न र सम्बन्धलाई गहिरो बनाउनका लागि प्रयोगमा ल्याउन थालेका छौँ भन्नुभयो ।
धेरै अन्य सामाजिक सञ्जालमा पहिले नै आफ्ना प्रयोगकर्तालाई मनोरञ्जनका लागि गेम समावेश गरिसकेका छन् । लिंक्डइनमा अब यो गेमिङ फिचर कहिले थपिने हो हेर्न बाँकी छ, उहाँले जानकारी गराउनुभयो । रासस/ एएनआई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन