
काठमाडौँ । नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण भएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले सफ्टवेयर र एप हस्तान्तरण गर्नुभएको हो।
त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल सम्वत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेपाल सम्वत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ ।’
त्यो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल सम्वत्, विक्रम सम्वत् र इस्वी सम्वत् प्रयोग गर्न सकिने छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले यो सफ्टवेयरबाट नेपाल सम्वत्सँगै विक्रम सम्वत् र इस्वी सम्वत्को सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवम् तिथी हेर्न सकिने बताउनुभयो । वर्तमान सकारले नेपाल सम्वत्लाई अनिवार्यरुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।
त्यस अवसरमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अधिकारकर्मी मल्ल के सुन्दरलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन