
भक्तपुर । गृह प्रशासनले भक्तपुरका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गा भोगचलन गर्न खोज्ने व्यक्ति वा संघसंस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । भक्तपुर प्रशासनले शनिबार सूचना प्रकाशन गर्दै जिल्लाका विभिन्न स्थानमा सरकारी जग्गा हडप्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति कारबाही गर्ने चेतावनी दिएको हो । प्रशासनले यस्तो कार्यमा संलग्न व्यक्ति वा समूहको बारेमा जानकारी गराउन सर्वसाधारणलाई आव्हान समेत गरेको छ ।
भक्तपुरमा सार्वजनिक हडप्ने प्रयास भइरहेको समाचार नेपालकैरनले प्रकाशित गरेपछि प्रशासनले त्यसबारे छानविन गर्दै त्यस्तो कार्य रोक्न सक्रियता देखाएको हो । भक्तपुर प्रशासन्वारा जारी सूचनामा सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धीसर्पन, गौचरण, घाट आदी जग्गाहरु कानुन विपरित कसैले भोगचलन गरेको वा गर्ने उदेश्यले कुनै संरचना बनाउने तयारी गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गा बलजफ्ती अतिक्रमण वा कब्जा गरी दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ ।
प्रशासनले सार्वजनिक जग्गा अतिक्रमणबारे कसैसँग जानकारी भए कार्यालयमा सोझै वा इमेल [email protected] मार्फत उपलब्ध गराइदिन अनुरोध समेत गरेको छ ।
नेपालकैरनले यसअघि, सूर्यविनायक नगरपालिकामा रहेको करिब साढे ३ रोपनी सार्वजनिक जग्गा हडप्न विभिन्न चलखेल शुरु भएको समाचार प्रकाशित गरेको थियो ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह