
काठमाडौँ । भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अहिले निकै चर्चामा छन् । कारण हो चन्द्रमा जग्गा खरिद ।
उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् । उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका छन् ।
बीबीसी हिन्दीसँगको कुराकानीमा धर्मेन्द्रले आफूले एक वर्ष अघि नै श्रीमतीलाई वर्षगाँठको उपलक्ष्यमा चन्द्रमाको जग्गा उपहारमा दिने निर्णय गरिसकेको बताए । उनले भने, ‘यो सरप्राइज दिनु सहज थिएन । थुप्रै स्थितीको सामना गरेर सपनाका लागि चन्द्रमामा जग्गा खरिद गर्ने सपना पूरा भएको हो ।’
धर्मेन्द्रले भने, ‘चन्द्रमामा जग्गा खरिद गर्नु सहज छैन । यदि सहज हुँदा हो त जो कोहीले पनि किन्थे होलान् ।’
चन्द्रमामा कहाँ खरिद गरे जग्गा ?
धर्मेन्द्र अनिजाकी श्रीमती सपना अनिजा भन्छिन्, ‘उपहारमा चन्द्रमाको जग्गा पाउँदा यति खुसी भएकी थिएँ कि कति पटक त रुन मात्रै मन लागिरहेको थियो । यस्तो उपहार पाउने सायद म संसारकै सबैभन्दा भाग्यमानी महिला हुँ ।’
उनी भन्छिन्, ‘कार्यक्रममा जब मलाई ‘के सरप्राइज दिइँदै छ अनुमान गर्नुहोस् त’ भनेर प्रश्न सोधियो तब मैले कुनै गाडी, गहना वा केही विशेष उपहार होला भनेर सोचेकी थिएँ । तर चन्द्रमाको जग्गा नै उपहारमा होला भनेर कहिले पनि सोचेकी थिइनँ ।’
सपनाको नाममा चन्द्रमामा १४.३ नर्थ ल्याटिट्युड ५=६ ईस्ट लन्गिट्युड, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ मा तीन एकड (२३ रोपनी) जमिन खरिद गरिएको छ ।
को हुन् धर्मेन्द्र अनिजा ?
धर्मेन्द्र अनिजा र सपना अनिजा अजमेरका बासिन्दा हुन् । उनीहरु यहाँकै स्कूल र कलेजमा पढेका हुन् ।
अजमेर सरकारी कलेजमा नै दुईको भेट भयो र पछि विवाह भयो । विवाह लगत्तै धर्मेन्द्र अनिजा ब्राजिलमा टूर एण्ड ट्राभलको व्यापार गर्र्दै आएका छन् र उनका आमा–बुवा अजमेरमा नै बस्छन् ।
पछिल्लो करिब १० महिनादेखि धर्मेन्द्र अनिजा अजमेरमा आफ्नो परिवारसँगै बस्दै आएका छन् । उनीहरुका एक वर्षकी छोरी छिन् । धर्मेन्द्रका पिता रामदयाल अनिजा कन्ट्र्याक्टर हुन् र सपनाका पिता गिसुलाल अर्नेडिया अवकाशप्राप्त बैंक म्यानेजर हुन् । – बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै