
काठमाडौँ । चिनियाँ जासूस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा ८ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित चरा समातिएको थियो । ‘शुरुमा प्रहरीले चराविरुद्ध जासूसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए’ रिपोर्टमा भनिएको छ ।
अज्ञात चरालाई शहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो । पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको छ ।’
पेटा इन्डियाका अनुसार प्रहरीले बुधबार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त चरा स्वस्थ अवस्थामा रिहा भएको छ । जासूसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कयौंमध्ये यो पछिल्लो परेवा हो ।
सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । सन् २०१० मा अर्को परेवाको खुट्टामा औंठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन