
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्बोडियामा पुग्नुभएको छ । राष्ट्रपति सी बिहीबार राजधानी नोम पेन पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन) ले जनाएको छ ।
स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमणपछि कम्कोडिया पुग्नुभएको हो ।
बिहीबार नोम पेनको विमानस्थलमा उहाँलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति सी ले पूर्व नेता हुन सेन र उहाँका छोरा तथा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो । नोम पेन एसियामा चीनका भरपर्दो समर्थक हुन मानेटले सीको भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतिकको रुपमा वर्णन गर्नुभएको छ ।
उहाँले दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताउनुभएको छ । यसै क्रममा उहाँले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले ‘महत्वपूर्ण भूमिका खेलेको पनि बताउनुभएको छ । उहाँका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षगाँठ मनाउँदैछन् ।
चालु महिनाको शुरुमा ट्रम्पले गरेको चर्को कर घोषणापछि विश्वब्यापी रुपमा यस विषयमा बहस भइरहेको छ । कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई ‘आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानमा आफ्नो कर घटाउने प्रतिवद्धता सहित पत्र लेख्नुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’