
बागलुङ । बागलुङ नगरपालिकाले छत्तीस करोडमा फोहर व्यवस्थापन गर्दैछ । पालिकाले नगरभित्रको फोहरलाई स्रोतबाटै सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।
नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहरलाई पुनः प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । आधा दशकदेखिको फोहर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको हो ।
फोहर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्रोतबाटै फोहर सङ्कलनका लागि बजारभरि १५ हजार डस्विन वितरण गरिएको छ ।
समानता अभियानका चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले ३६ करोड ७७ लाख रुपैयाँमा नमूना फोहर प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गर्नुभएको नगर कार्यालयले जनाएको छ ।
नगरपालिकाले पाँच प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहर व्यवस्थापन गर्न ३६ करोड ७७ लाख रुपैयाँ खर्च हुने छ । प्रशोधनबाट निकालिएको फोहरबाट अत्यावश्यक तथा घरायसी सामग्री बनाउन सकिने श्रेष्ठको भनाइ छ ।
हाल फोहर फालिएको बागलुङ–१ स्थित मालढुङ्गामा व्यवस्थापन गरिने बताउँदै उहाँले प्रशोधन गरिएको फोहर व्यवस्थापन केन्द्रलाई अध्ययन अवलोकन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने जानकारी दिनुभयो ।
केन्द्रका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन अभियानबाट सङ्कलन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । फोहर व्यवस्थापन गर्दा डम्पिङसाइट दुर्गन्धित नहुने, पुनः उपयोग गरेर फोहरबाटै पैसा कमाउन सकिनेलगायत लक्ष्य राखिएका उहाँले बताउनुभयो ।
‘फोहर व्यवस्थापनको चुनौती बढिरहेको सन्दर्भमा नगरपालिकाले साझेदार निकायसँग मिलेर काम गर्न थालेको छ, नगरपालिको २ करोड रुपैयाँमा फोहर प्रशोधन केन्द्र निर्माण गरिसकेको छ, फोहर प्रशोधनको काम यथाशीघ्र शुरु हुन्छ’ श्रेष्ठले भन्नुभयो– ‘फोहर प्रशोधन केन्द्र अब दुर्गन्धरहित बनाएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्नेछौँ ।’
नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहर सङ्कलनको काम थालिसकेको छ । ती फोहर कसरी सङ्कलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । आगामी दिनमा प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहर व्यवस्थापन नजिकै स्विमिङ पुल बनाउने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने, सिसाजन्य लगायत खतरा फोहरको व्यवस्थापन गर्न केही संरचना समेत नगरपालिकाले बनाइसकेको छ । विसं २०५४ देखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो । कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको छ ।
कुहिने फोहर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने लक्ष्य राखिएको नगर कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन