
रुकुम । रुकुम पश्चिमका २१ हजार ८ सय ५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन् ।
६ स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिनुभएको छ ।
प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट २ हजार ५ सय घर थपिने प्राधिकरणको अनुमान छ ।
हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरुमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताउनुभयो ।
जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उहाँले जानकारी दिनुभयो ।
जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड रुपैयाँँ आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन