
काठमाडौँ । पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज भएको छ । पेरुका राष्ट्रपति डिना बोलुआर्टेले गैरकानुनीरूपमा ‘रोलेक्सगेट’ घडी उपहार लिएको अभियोगमा संसदमा महाभियोग लगाउन गरेको तयारीलाई रोकेको हो ।
संसदीय छानबिन उप–समितिले उहाँले त्यो घडी गैरकानुनी रूपमा उपहार (घुस) लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको तर त्यो घडी राष्ट्रपतिका साथीले पैसा तिर्नेगरी किनिदिएको ठहर गर्दै उहाँलाई भ्रष्टाचार आरोप र महाभियोगको सामना गर्नुपर्ने प्रस्तावबाट जोगाएको छ ।
यससँगैै पेरुको कङ्ग्रेसले उहाँविरूद्धको भ्रष्टाचारको अनुसन्धान रोकेको छ। त्यो आरोपमाथि सुनुवाई गर्दै उपसमितिले राष्ट्रपतिको गहिरो अलोकप्रियतालाई थप बिगार्न सक्ने मुद्दा खारेज गर्न शुक्रबार सिफारिस गरेको थियो । सन् २०२६ को जुलाईमा ६२ वर्षीया बोलुआर्टेले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा उहाँमाथिको यो मुद्दामा अझै पनि सफाई नहुन सक्छ ।
सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग रहेको अघोषित महङ्गो रोलेक्स घडी र गहनाको भण्डार फेला परेपछि तथाकथित ‘रोलेक्सगेट स्क्यान्डल’ शुरु भएको थियो । बोलुआर्टेले अभियोजकसमक्ष घडीहरू एक मित्रद्वारा पैसा तिर्नेगरी किनिदिएको बताएपनि महान्यायाधिवक्ताले कंग्रेसमा त्यसलाई घूस स्वरूप आर्जन गरेको सम्पत्तिका रूपमा औपचारिक आरोप प्रस्तुत गर्नुभएको थियो । समर्थन अनुमोदन दर एकल अङ्कमा रहेका राष्ट्रपतिको संसद्मा कुनै पार्टी वा नेतृत्व रहेको छैन, तर सत्तारूढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ।
सन् २०२३ मा नाकको शल्यक्रियाका लागि दुई सातासम्म अघोषित रूपमा अनुपस्थित भएको विषयमा उहाँले छुट्टै छानबिनको सामना गर्नुपरेको छ, जुन उहाँले कस्मेटिक उद्देश्यले नभई मेडिकल उपचारका लागि गरिएको बताउनुभएको थियो । पेरू लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ र आठ वर्षमा त्यहाँ छ जना राष्ट्रपति भएका छन् ।
सन् २०२२ को डिसेम्बरमा बोलुआर्टेले वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई विस्थापित गर्दै पदभार ग्रहण गर्नुभएको थियो । उहाँ क्यास्टिलोको उपराष्ट्रपति हुनुहुन्थ्यो । पेरुमा आगामी राष्ट्रपति र विधायिकाको निर्वाचन सन् २०२६ को अप्रिलमा हुनेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन