
काठमाडौँ । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिनुभएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्यदृश्य सार्वजनिक भएको छ ।
गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अहिले सामाजिक विषयका चलचित्र बढी निर्माण भएकाले प्रेम भाव व्यक्त गर्ने रोमान्टिक शैलीको गीत कम भएको आभाष भएको छ । यो गीत झैँ श्रव्यदृश्यले पनि भाव व्यक्त गरेको छ । श्रव्यदृश्य निर्माण समूहले निकै मेहनत गरेको छ ।’
प्रेमराज अधिकारीले लेख्नुभएको गीतमा आधारित भई मकवानपुरको कुलेखानी तथा आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्य छायाङ्कन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिनुभयो । दर्शकलाई नयाँ अनुभूति दिन अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्यदृश्यमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
‘गीतको मिठासलाई दृश्यमा व्यक्त गर्न सक्दो कोशिस गरेका छौँ । दुईजना प्रेमिल जोडीको प्रेम र एकअर्काप्रतिको सम्मानलाई श्रव्यदृश्यमा देखाइएको छ । गीत नै गुनगुनाइरहने शैलीको निर्माण भएको छ’ निर्देशक खड्काले भन्नुभयो ।
अभिनेता श्रेष्ठले गीत मन परेर आफू श्रव्यदृश्यमा काम गर्न इच्छुक भएको बताउनुभयो । ‘म अहिले चलचित्रकै तयारीमा थिएँ, त्यही भएर पछिल्ला दिनमा निकै कम श्रव्यदृश्यमा काम गरेको छु । यो गीत मन परेर मैले काम गरेको हुँ, यो आँखालाई शीतलता दिने र कर्णप्रिय गीत बनेको छ’ उहाँले स्पष्ट गर्नुभयो । यसैगरी, नेपाली चलचित्र ‘दुई नम्बरी’ मा काम गर्नुभएकी भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसी प्राप्त हुने अनुभव सुनाउनुभयो । उहाँले चलचित्रपछि पहिलोपटक श्रव्यदृश्यमा काम गर्नुभएको हो ।
‘म नेपालमा काम गर्न पाउँदा खुसी हुन्छु, यो समूहले निकै सहज र सरल रुपमा काम गर्ने वातावरण दियो । मैले नेपालबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ, त्यही भएर म चलचित्रपछि पुनः काम गर्न आएकी हुँ । मेरो अन्य भूमिका पनि आउँदो वर्ष दर्शकले हेर्न पाउनेछन्’ उहाँले भन्नुभयो ।
ङागस्तो दोर्जी योञ्जनले निर्माण गर्नुभएको श्रव्यदृश्यलाई हरि हुमागाईंले छायाङ्कन, सुवास तिमल्सेनाले शृङ्गार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुल्लापत्र
- ‘कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो’
- ‘विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ’
- वाग्द्वार स्नान मेलामा भक्तजनको घुइँचो
- एमाले सचिवालय बैठक शुरु
- विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
- ‘सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त’
- ‘समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक’
- ‘उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार’
- नववर्ष २०८२ प्रारम्भ, हर्षोल्लास साथ मनाइँदै