
महोत्तरी । परिवारनियोजनका लागि महोत्तरीका भित्री गाउँ÷नगर बस्ती र अस्पतालमा सञ्चालित बन्ध्याकरण शिविर (क्याम्प) मा पुरुष क्याम्प खाली देखिएको छ ।
जिल्लाका मटिहानी, भङ्गाहा, मनराशिशवा, रामगोपालपुर र औरही नगरपालिकामा सञ्चालित क्याम्पमा पुरुषले सेवा लिन नपुगेकाले खाली देखिएको हो । शिविरमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि बन्ध्याकरणको व्यवस्थासहित चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको टोली परिचालन गरिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म पाँच नगरक्षेत्रमा सम्पन्न शिविरमा एक पुरुष पनि सेवा लिन नपुगेको कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिनुभयो ।
‘हामीले एक महिना पहिलेदेखि पुरुष र महिलाका लागि बन्ध्याकरण शिविर सञ्चालन हुने भनेर प्रचारप्रसार गर्योँ त्यही अनुसार व्यवस्थापन पनि गरिएको छ तर सेवा लिन हालसम्म एकजना पनि पुरुष पुग्नुभएको छैन’ उहाँले भन्नुभयो– ‘शिविर क्षेत्रमा देखिने पुरुष पनि महिलालाई नै बन्ध्याकरण गराउन पो पुगेका छन् ।’ पाँच नगरक्षेत्रमा सम्पन्न बन्ध्याकरण शिविरमा ३ सय ४९ महिलाले भने स्थायी बन्ध्याकरण (मिनिल्याप) गराएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तह र जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बन्ध्याकरण विशेष शिविर जारी छ । प्रादेशिक अस्पतालमा पनि हालसम्म बन्ध्याकरण गराउन एकजना पनि पुरुष नपुगेको बुझिएको छ । अस्पतालमा हालसम्म ७६ महिलाले मिनिल्याप गराएका छन् ।
शिविरमा पुरुष/महिला दुवैलाई लक्ष्य गरेर विशेष क्याम्प सञ्चालन गरिए पनि पुरुष क्याम्पमा सहभागी जनशक्ति र अन्य तयारीले कुनै काम नपाएको कार्यालयका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक अम्विका दासले बताउनुभयो ।
जिल्लाका गौशाला, सम्सी, लोहारपट्टि, बलवा, पिपरा र जलेश्वरसहित स्थानीय तहमा शिविर सम्पन्न हुन बाँकी छ । यता प्रादेशिक अस्पतालमा भने निरन्तर यो सेवाको प्रबन्ध मिलाइएको जनाइएको छ । परिवार नियोजनको स्थायी बन्ध्याकरणमा पुरुष सहभागी नहुनु सुरक्षा शङ्का र आफूले बढी मेहनत गर्नेपर्छ भन्ने मानसिकता रहेको बुझिन्छ तर पुरुषका लागि बन्ध्याकरण अत्यन्त सरल, झन्झटरहित र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने हुने गरेको प्रमुख प्रशासक गुप्ताले बताउनुभयो ।
स्वास्थ्य सचेतना कार्यक्रममा यी विषयबारे निरन्तर जोड दिँदै आइए पनि बन्ध्याकरणमा पुरुषको सहभागिता नहुनु परिवार र समाजमा महिलाप्रतिको रुझान देखिने महिला अधिकारबारे पैरवी गर्ने महिला नेताहरूको प्रतिकृया छ । ‘बुझ्नु भएन, परिवार नियोजनको बन्ध्याकरणमा केही समस्या भए महिलाले नै भोगुन् भन्ने मानसिकता हो’ महिला अधिकारकर्मी भङ्गाहा–४ कि हिरा काफ्लेले भन्नुभयो– ‘के गर्नु ? आफैँले जन्माउनु र हुर्काउन पर्ने जिम्मेवारीले गर्दा महिला नै बन्ध्याकरणमा पुग्ने गरेका छन् ।’ नगर्दा आफैँमाथि भार थपिने हुँदा पुरुष बन्ध्याकरणमा अनिच्छुक देखिएपछि महिला नै पुग्ने गरेको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन