
तनहुँ । बन्दीपुर गाउँपालिका– ५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् ।
बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनाका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासी उत्साहित भएका हुन् ।
बन्दीपुर– ५ कोरीखाका लीलाबहादुर गुरुङले विसं २०७३ शुरु गरिएको घरबास (होमस्टे) यही बाटोका कारण सञ्चालनमा समस्या हुने गरेकामा अब त्यो समस्या हटेको भन्दै खुसी व्यक्त गर्नुभयो । अब नयाँ वर्षको शुरुवातसँगै घरबास नियमित सञ्चालन गरिने उहाँले बताउनुभयो । ‘पहिले यहाँ आउन राजमार्गबाट ४५ मिनेट लाग्ने गरेको थियो, हाल १० मिनेटमै पुग्ने अवस्था बनेको छ । जसले गर्दा अब पाहुना बढ्ने विश्वास लिएका छौँ’ गुरुङले भन्नुभयो ।
बन्दीपुर –५ थुम्काका किसान तामप्रसाद भट्टले दैनिक दूध पु¥याउन राजमार्ग पुग्न सहज भएको बताउनुभयो । पहिले पानी पर्दा सडक हिलाम्मे भएर यात्रा गर्न निकै समस्या हुने गरेकामा सडक स्तरोन्नतिसँगै त्यो समस्या समाधान भएको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले विनियोजन गरेको रु एक करोड तीन लाख ३५ हजार बराबरको बजेटमा नयाँ सहर आयोजनाअन्तर्गत यो सडक स्तरोन्नति गरिएको हो । सडक सात मिटर फराकिलो गरी आरसिसी ढलान र नाली निर्माण गरिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका निमित्त कार्यालय प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । सबैभन्दा अप्ठेरो मानिएको सडक क्षेत्रको चार सय ५० मिटर ढलान गरिएको उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार उक्त खण्डमा गत आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र दुई सय मिटर ढलान, तीन किमी सडक ग्राभेल भइसकेको छ । चालु आवको कामअन्तर्गत राजेन्द्र रमण कन्सट्रक्सन कम्पनीले आगामी जेठ २० गतेभित्र सक्नुपर्ने योजनाको काम चैत मसान्तभित्रै सम्पन्न गरेको नयाँ सहर आयोजनाका इञ्जिनीयर शान्ति शर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सडकको प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरी बन्दीपुर गाउँपालिका—४ देखि बाहुनभञ्ज्याङ हुँदै पर्यटकीय गाउँ धरमपानी जोड्ने सडक स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी
- दुर्गा प्रसाईले आसाममा गरे आत्मसमर्पण, काठमाडौं ल्याइदै
- कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध