
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका ७ सय १८ वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ ।
१९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेँलो क्षेत्रमा वर्गीकरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।
हरियो क्षेत्र पूर्ण अग्र्यानिक, पहेँलो क्षेत्र सामान्य, रातो क्षेत्र चिन्ताजनक मानिएको छ । मन्त्रालयले सबै वडालाई पूर्ण प्राङ्गारिक बनाउने योजना अगाडि सारेको जनाएको छ । कर्णाली प्रदेशमा माटोमा अम्लीयपन देखिएपछि उत्पादन शक्ति कमजोर भएको पाइएपछि अग्र्यानिक प्रदेश बनाउने पहल थालिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रयोगशालाका प्रमुख एवं वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउनका लागि जैविक विषादी प्रयोग गर्न कृषकलाई आग्रह गरिए पनि बढी उत्पादन गर्ने आशमा रासायनिक विषादीको प्रयोग बढ्दा माटोमा अम्लियपन पनि बढेको हो । साविक कर्णालीको कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा रासायनिक विषादीको प्रयोगमा रोक लगाइएको छ तर पनि लुकीछिपी रासायनिक विषादीको प्रयोग र बिक्रीवितरण भइरहेको पाइएको रोकायले जानकारी दिनुभयो । जुम्ला र कालीकोटमा अध्ययन गर्दा किसानले रासायनिक विषादीको प्रयोग गरेको पाइएको उहाँको भनाइ छ ।
चालु आवमा १० वटा शिविर सञ्चालन गरेर माटोको उपचार गर्ने लक्ष्य राखिएको एकीकृत कृषि प्रयोगशाला कार्यालयले जनाएको छ । हालसम्ममा दुई वटा शिविर सम्पन्न भइसकेका छन् । प्रदेशका एक जिल्लामा एउटा माटो शिविर असार मसान्तभित्र सक्नेगरी तयारी भइरहेको वरिष्ठ अर्थविज्ञ रोकायाले बताउनुभयो । उहाँले अम्लीयपनले माटो कमजोर भएकाले बाली लगाइसकेपछि माटो परीक्षण गर्नुपर्ने जनाउनुभयो ।
माटो शिविरमा नाइट्रोजनलगायत तत्व भए नभएको जाँच्ने गरिएको छ । त्यसका लागि प्रयोगशालामा एउटा उपकरणसहित सवारीको व्यवस्था भए पनि त्यो सवारी सञ्चालन गर्ने चालकको दरबन्दी नहुँदा सबै ठाउँमा लैजान नसकिएको रोकायाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन