
मनाङ । जिल्लाका सबै पालिकामा गोदामघर निर्माण गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपदमा जिल्लावासीलाई सुरक्षित राख्न गोदामघर निर्माण गर्ने निर्णय भएको हो । चारवटै पालिकामा खुला क्षेत्र पहिचान गरी विपद्का बेला उपयोग गर्नेगरी आवश्यक सामग्री र सुरक्षित बसोबासका लागि गोदामघर निर्माण गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘गृहमन्त्रालयबाट निर्देश भएअनुसार सुरक्षालाई मध्यनजर गरी गोदामघर निर्माण गर्न खुला क्षेत्र पहिचान गर्ने तयारीमा छौँ । विपद्मा आमनागरिकलाई आवश्यक सामग्री र बस्ने व्यवस्थाका लागि गोदामघर सहयोगी बन्ने विश्वास छ ।’ विगतमा भएका विपद्मा खाद्यान्न अभाव भएजस्तो समस्या आउनबाट रोक्न गोदामघर सहयोगी बन्ने उहाँको भनाइ छ ।
गत वर्षको वर्षामा तिमाङको पुल नजिक थुप्रिएका अनावश्यक वस्तु हटाएर बाटोलाई सहज बनाउनुका साथै थप क्षति हुुनबाट जोगाउन सम्बन्धित निकायलाई पत्रचार गरिएको प्रजिअ आचार्यले बताउनुभयो । ‘साँघुरो सडकमा सामग्री राख्दा यात्रुलाई समस्या हुने गरेको छ, यसको समाधानमा जुटेका छौँ’ उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्याललाई तिमाङमा रहेको पाँच रोपनी क्षेत्रफलमा तिमाङ पुलमा थुप्रिएका अनावश्यक वस्तु स्थान्तरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
यसले स्थानीयका साथै प्रहरीलाई पनि सुरक्षित बनाउने उहाँको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन