
काठमाडौँ । विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत शहरले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देश पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ ।
स्वीट्जरल्यान्ड स्थित वायु गुणस्तर अनुगमन डाटाबेस आइक्युएयरले एक सय ३८ देशका ४० हजार वायु गुणस्तर अनुगमन स्टेसनबाट प्राप्त डाटा विश्लेषण गरेको थियो र चाड, कङ्गो, बङ्गलादेश, पाकिस्तान र भारतमा सबैभन्दा प्रदूषित हावा रहेको पत्ता लगाएको थियो ।
भारतमा नौ सबैभन्दा प्रदूषित शहर मध्ये ६ वटा छन् । तीमध्ये उत्तरपूर्वी भारतको औद्योगिक शहर बिरनिहाट सबैभन्दा खराब स्थानमा छ ।
विशेषज्ञहरूका अनुसार वास्तविक वायु प्रदूषणको मात्रा धेरै बढी हुनसक्छ किनकि विश्वका धेरै भागमा अधिक सटीक डाटाका लागि आवश्यक अनुगमन छैन । उदाहरणका लागि अफ्रिकामा प्रत्येक ३७ लाख मानिसका लागि केवल एउटा अनुगमन स्टेसन छ ।
प्रतिवेदनअनुसार यस समस्याको सामना गर्न थप वायु गुणस्तर अनुगमनकर्ताहरू स्थापित गरिँदैछन् । यस वर्ष प्रतिवेदनका लेखकहरूले वायु प्रदूषणको राम्रो अनुगमन गर्ने प्रयासको परिणामस्वरूप आठ हजार नौ सय ५४ नयाँ स्थान र लगभग एक हजार नयाँ अनुगमनकर्ताबाट प्राप्त डाटा समावेश गर्न सक्षम भए । तर गत साताअमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावास र वाणिज्य दूतावासहरूबाट प्राप्त डाटा सार्वजनिक नगर्ने घोषणा गरेपछि वायु प्रदूषणका लागि डाटा अनुगमनलाई धक्का लागेको छ ।
मलेसिया स्थित सनवे सेन्टर फर प्लानेटरी हेल्थकी मुख्य वैज्ञानिक तथा वायु प्रदूषण विशेषज्ञ फातिमा अहमदका अनुसार लामो समयसम्म प्रदूषित हावा सास फेर्नाले श्वासप्रश्वाससम्बन्धी रोग, अल्जाइमर्स र क्यान्सर हुन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले वायु प्रदूषणले वार्षिक रूपमा लगभग ७० लाख मानिसको ज्यान लिने अनुमान गरेको छ ।
अहमदले वायु प्रदूषणको स्तर घटाउन अझ धेरै गर्न आवश्यक रहेको बताउनुभयो । डब्लुएचओले विश्वको ९९ प्रतिशत जनसङ्ख्या सिफारिस गरिएको वायु गुणस्तर स्तर पूरा नगर्ने ठाउँमा बसोबास गर्ने गरेको पाएको थियो ।
‘यदि तपाईंसँग खराब पानी छ, पानी नै छैन भने, तपाईं मानिसहरूलाई दिनको आधा घण्टा पर्खनू भन्न सक्नुहुन्छ, पानी आउनेछ । तर यदि तपाईंसँग प्रदूषित हावा छ भने, तपाईं मानिसहरूलाई सास फेर्न रोक्नू भन्न सक्नुहुन्न’ अहमदले भन्नुभयो ।
बेइजिङ, दक्षिण कोरियाको सियोल र पोल्यान्डको रिबनिक जस्ता धेरै सहरले सवारी साधन, बिजुली प्लान्ट र उद्योगहरूबाट हुने प्रदूषणमा कडा नियम मार्फत आफ्नो वायु गुणस्तर सफलतापूर्वक सुधार गरेका छन् । उनीहरूले स्वच्छ ऊर्जालाई प्रवद्र्धन गरेका छन् र सार्वजनिक यातायातमा लगानी गरेका छन् ।
गम्भीर वायु प्रदूषण नियन्त्रण गर्ने अर्को उल्लेखनीय प्रयास दक्षिणपूर्वी एशियाली राष्ट्र सङ्घको सीमापार धुवाँ प्रदूषणसम्बन्धी सम्झौता थियो । यद्यपि यसले अहिलेसम्म सीमित सफलता पाए पनि यस क्षेत्रका दश देशले ठूला वन डढेलोहरूबाट हुने प्रदूषणको अनुगमन र नियन्त्रण गर्न एकसाथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । वन डढेलो सुक्खा मौसममा यस क्षेत्रमा सामान्य घटना हो ।
ग्लोबल क्लाइमेट एन्ड हेल्थ एलायन्सको अभियानको नेतृत्व गर्ने श्वेता नारायणले सबैभन्दा खराब वायु प्रदूषणको सामना गर्ने धेरै क्षेत्र पनि कोइला, तेल र ग्यास जलाएर पृथ्वी–तताउने ग्यास व्यापक रूपमा निस्कने ठाउँ हुन् भन्नुभयो । पृथ्वीको तापक्रम कम गर्न पृथ्वी–तापन उत्सर्जन कम गर्दा वायु गुणस्तर पनि सुधार गर्न सकिने उहाँले बताउनुभयो । ‘वायु प्रदूषण र जलवायु सङ्कट एउटै सिक्काका दुई पाटा हुन्’ उहाँले भन्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- हिंसात्मक झडपमा २ जनाको मृत्यु, ३५ घाइते : गृह मन्त्रालय
- एभिन्यूज टिभीका क्यामेरा पर्सन रजकको आगजनीमा जलेर मृत्यु
- एकीकृत समाजवादीद्वारा घटनाको दोषीलाई कारबाही माग
- राजावादीद्वारा जडीबुटी उत्पादन कम्पनीमा आगजनी
- काठमाडौँमा कर्फ्यू लाग्यो
- राजावादीद्वारा भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड
- भारतमा तीर्थ गएका दाङका ४ जनाको दुर्घटनामा मृत्यु
- प्रहरी नायव निरीक्षक घुससहित पक्राउ
- आज चैत्र कृष्ण चतुर्दशी, पाहाँचह्रे मनाइँदै
- मौसममा पश्चिमी वायुको प्रभाव