
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो ।
सवारी साधन हराएको भनी प्राप्त निवेदनका आधारमा खोजतलास थालेको प्रहरीले वास्तविक र नक्कली नम्बर प्लेट राखी सञ्चालन गरेको अवस्थामा काठमाडौँको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दीपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारलगायतका स्थानबाट ती सवारी साधन फेला पारेको जनाएको छ ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म ३३७ वटा हराएका सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका ३६ वटा सवारी साधनसहित त्यसमा संलग्न ५३ जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
हराएको सवारी साधन फेला पारी हस्तान्तरण गरेकामा सवारी धनीहरुले ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९ र ०८० मा ४९९ र आव २०८० र ०८१ मा चार सय १७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई हस्तान्तरण गरेको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक गिरीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरन जडान गर्न आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राजावादीद्वारा जडीबुटी उत्पादन कम्पनीमा आगजनी
- काठमाडौँमा कर्फ्यू लाग्यो
- राजावादीद्वारा भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड
- राजावादीहरूको प्रदर्शनमा झडप, व्यक्तिका घर तोडफोड
- भारतमा तीर्थ गएका दाङका ४ जनाको दुर्घटनामा मृत्यु
- बैंककमा शक्तिशाली भूकम्प गयो
- बोल्न नपाएपछि दर्शक मात्रै बन्न मोर्चाको प्रदर्शनमा जान्न : झलनाथ
- काठमाडौँमा गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शन शुरु
- सुनको मूल्य अहिलेसम्मकै उच्च
- प्रहरी नायव निरीक्षक घुससहित पक्राउ