
सिड्नी (अष्ट्रेलिया) । एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ । भूटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन विडारी, उप–महासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लिला भण्डारी रहनुभएको छ । साथै सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेको जनाइएको छ ।
नेपाल पुख्र्यौली भइ भूटान, बर्मा, भारत लगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुलाई एशोसिएशन अफ नेपाली (एएनओ) ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताउनुभयो ।
नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरुको संस्था रहेकाले नेपाली कला संस्कृती जगेर्ना गर्ने उद्देश्यले संस्थालाई विश्वभर फैलाउने उद्देश्यले स्थापना गरिएको हो । अष्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिन्छौ भन्दै सबैले यसमा येगदान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालीभाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएशनका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरुङले विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
गत वर्षको मार्च २४ मा थाइल्याण्डको बैङ्ककमा ३२ देशका नेपालीभाषीहरुले भुटानी नेपाली मूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन भएको थियो । यसअघि यसको शाखा बेलायत, पोर्चुगलमा गठन भइसकेको संस्थाका केन्द्रीय सदस्य भिम बस्नेतले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग