
अर्घाखाँची । धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ ।
फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।
संस्कृत व्याकरण र लोक भजनको उद्गमस्थल मानिने पाणिनी तपोभूमी, दुर्वाशेश्वर गुफालगायतका धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पु्र्याउने उद्देश्यले प्रतियोगिता राखिएको उहाँको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३ सय ३३, दोस्रो हुनेलाई २२ हजार २ सय २२, तेस्रो हुनेलाई ११ हजार १ सय ११ तथा सान्त्वना हुनेलाई ५ हजार ५सय ५५ रुपैयाँ प्रदान गरिने लायन्स क्लबका सचिव घनश्याम पौडेलले जानकारी दिनुभएको छ । धार्मिक क्षेत्रको प्रवर्द्धनका साथै भजन संरक्षणमा समेत यो प्रतियोगिता सहयोगी बन्ने आयोजकको अपेक्षा छ ।
अर्घाखाँचीसहित गुल्मी, पाल्पा, प्यूठान, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाबाट भजन मण्डली आउने तयारी रहेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
- नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक
- शिक्षकहरुको माग सम्बोधन हुनेगरी शिक्षा विधेयक ल्याइने
- विश्वकप एशिया छनोटः नेपालसँग हङकङ् पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ