
जुम्ला । जुम्लाको तिला गाउँपालिकास्थित कर्णाली राजमार्गमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम शुरू भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार तिलाको कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
अतिक्रमण गरी बनाइएका घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तिला गाउँपालिका र सडक डिभिजन जुम्लाले चासो लिएर काम गरिरहेको छ । तिलाको रारासेरी बजारका केही टहरा हटाएको छ ।
कार्यालय प्रमुख चौधरीले भन्नुभयो– ‘सडक अतिक्रमणका विषयमा विभिन्न समयमा तिला गाउँपालिका र वडा कार्यालयबाट जारी गरिएका सूचना केवल सूचना टाँसमै सीमित भएको बेला अहिले उक्त सूचनालाई कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील छ ।’
तिला गाउँपालिका–३ निवासी ज्वारीलाल भट्टराईले निर्णय कार्यान्वयन गर्न पटक–पटक बजारवासीले नगरपालिका र सडक डिभिजन जुम्लालाई आग्रह गर्दा पनि ती कार्यालयले एकले अर्कालाई दोषारोपण गर्दै पन्छने गरेको आरोप लगाउनुभयो ।
समयमै अव्यवस्थित घरटहरा नहटाइँदा र तिला–३ कै खाडेखोलामा पुल निर्माण हुन नसक्दा बेलाबेलामा दुर्घटना हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भन्नुभयो– ‘अतिक्रमण हटाउने विषय प्राथमिकताका साथ राखेर काम भइरहेको छ ।’
राजमार्ग अतिक्रमण गरेर बनेका सबै संरचना हटाउन स्थानीय तहलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन