+

तोलामा एक हजारले घट्यो सुनको भाउ

काठमाडौँ । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ सोमबार तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाला सुन  आइतबार तोलामा १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएकामा आज एक लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला  एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएकामा आज एक हजार ९ सय ५५  रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै