
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नयाँ सालसँगै निरन्तर उकालो लागेको छ । नेप्से बिहीबार २६ दशमलव ४९ अंले बढेर २ हजार ७ सय २२ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।
आज ३ सय ११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७ सय ३१ कित्ता शेयर ९० हजार ५ सय ५५ पटक खरिदबिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २ सय ८२ रुपैयाँ ३२ पैसा कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज १ सय ८७ कम्पनीको शेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ । अघिल्लो दिन ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ बराबरको कारोबार भएको थियो । आज व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ । अन्य सबै समूहका परिसूचक बढेका छन् ।
आजको कारोबारमा नेपाल माइक्रो इन्सोरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआएसी एशिया डिवेन्चरको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’