
काठमाडौँ । सबैलाई थाह भएको कुरा हो, जनावरले विरुवा खान्छन् । तर कम थाह भएको कुरा हो, विरुवाले पनि जनावर र कीराफट्याङ्ग्रा खान्छन् । केही धेरै जनावरले मासु खान्छन् । यो पनि हामीलाई स्वाभाविक नै लाग्छ । तर विरुवाले कीरा वा मासु खान्छन् भन्दा अनौठो नै लाग्ने गर्दछ ।
हाम्रो संसार यस्तो पनि छ कि जहाँ यथार्थमा केही विरुवा मांसहारी नै हुन्छन् । तिनले कीरा वा मासु खाएर नै आफ्नो जीवन धान्ने गर्दछन् । ती विरुवाको वृद्धिविकास पनि कीरा वा मासु खाएर हुने गर्दछ । यस्ता विरुवा उच्च पहाडी इलाका र आद्र्र तथा घना जंगलका बीचमा पाइन्छन् ।
यी विरुवालाई तिनको प्रजातीय गुणका आधारमा मांस भोजन आवश्यकता पर्छ । ती विरुवामा एक किसिमको रसायन पाइन्छ । त्यो रसायनको आवश्यकता पूर्तिका लागि पनि उनीहरुलाई मासुको अनिवार्यता छ । मासु आपूर्तिका लागि ती विरुवामा फूल्ने फूल नै कीरा तथा फट्यांग्रालाई फसाउने जाल बन्ने गर्दछन् । यसबाट ती विरुवाले बढ्नका लागि आवश्यक तत्व र प्रजननका लागि शक्ति प्राप्त गर्दछन् । अन्य साधारण विरुवाले जमीनबाट प्राप्त गर्ने मिनरल, पानी, सूर्यबाट प्राप्त गर्ने शक्ति, वायुबाट प्राप्त गर्ने अक्सिजन र कार्वनडायोक्साइड पनि यी मांसहारी विरुवालाई आवश्यकता पर्छ ।
कीराफट्यांग्रा तथा चरा वा मुसा खानका लागि यी विरुवाको भने जनावरको जस्तो मुख हुँदैन । दाँत र भोजननली पनि हुँदैन । तर यिनीहरुमा फूलेका फूलहरुमा कीराफट्यांग्रा वा चरामुसा आएको चाल पाउने अति संवेदनशील क्षमता हुन्छ । यसका लागि यिनले फूलहरुमा चिप्किएर रहने गुलियो मह वा रस उत्पादन गर्दछन् । गुलियो मह खान जब कीरा फट्यांग्रा फूलमा बस्छन्, त्यतिबेला फूल क्रमशः खुम्चिंदै गएर चिप्किने रससहित एक्कासी चारैतिरबाट च्याप्प समाउन पुग्दछन् । यति बेलासम्म फूलभित्र मह चाटिरहेका कीराहरु ती विरुवाको आहारा बनिसकेका हुन्छन् ।
यी विरुवाका फूल समातिएका आहारा पूर्णरुपमा नपच्दासम्म खुल्दैनन् । आहारा पचिसकेपछि फेरि ती फूलहरु खुल्न फक्रन थाल्छन् । मासु पचाउँदै गर्दा यी विरुवाले आफूहरुलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन, एसिड र हार्मोनहरु प्राप्त गर्दछन् । विरुवाका कीरा पचाउने यी फूलहरु ‘केमिकल फ्याक्ट्री’ जस्तै हुन् । यी केमिकल फ्याक्ट्रीबाट तिनमा रहेको रसायन उत्पादन गर्ने नाइट्रोजन, फस्फरस र पोटासियमका साथै आइरन र अन्य तत्वहरुको आपूर्ति हुन्छ ।
मांसहारी विरुवाका १८ प्रजाति क्यानडामा पाइन्छन् । सर्रासेनिया, पर्पुरिया आदि निकै जानकारीमा आएका मांसहारी विरुवा हुन् । २५ सेन्टीमिटरसम्म अग्ला हुने यी विरुवा मानिस सरह जीवन जिउँछन् । ५० वर्षसम्म बाँच्ने यी विरुवाका हरिया पातमा कालाकाला तर झट्ट हेर्दा राता देखिने नसा हुन्छन् । पातको वरपर जुँघाजस्ता चिप्किने रेसाहरु हुन्छन् । रेशाले झिंगा, माहुरी, कीरा र मुसा आदिलाई जालमा फसाउँछन् । पात तथा फूलको भित्री भागमा खस्ने बित्तिकै त्यहाँ रहेको तरल पदार्थमा घुलेर आहारामा परिणत हुन थाल्छन् । यिनले ससाना छेपारा, र भ्यागुता पनि पचाउँछन् ।
शायद करोडौं वर्ष पहिले वनस्पति र जीवको विभाजन हुने संक्रमणको बेलादेखि यी विरुवा अस्तित्वम आएका हुन सक्छन् । नेपालमा यस्ता विरुवा त छैनन् । तर आफैमा एकैपटक जीव र विरुवा भएको यार्सागुम्वा भने पाइन्छ । तर यसले मांस भोजन गर्दैन । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुन्न आदेश
- ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
- नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
- जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षाको लागि अभियान थाल्ने
- भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली
- गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाद्वारा प्रदर्शन
- ‘देश र जनताको सेवामा रातदिन खटिँदा पनि मलाई बर्खास्त गरियो’
- हावाको गतिले घटायो वायु प्रदूषण
- बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
- जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री