
तनहुँ । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महशुल बुझाउन थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर २ करोड ५० लाख रुपैयाँ भन्दा बढी बक्यौता सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा लाइन काटेर २ करोड ६८ लाख ४५ हजार ७ सय रुपैयाँ बक्यौता सङ्कलन गरेको हो ।
केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार १ हजार ४ सय ३६ जना ग्राहकको लाइन काटिएकामा १ हजार २ सय ७३ ग्राहकले बक्यौता वापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट ३ करोड ५० लाख ५६ हजार ६ सय ७४ रुपैयाँ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा कार्यालयले ९ सय १८ ग्राहकको लाइन काटेकामा १ करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो । त्यो आर्थिक वर्षमा ७ सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला ३ करोड ६४ लाख ५७ हजार ६ सय ८२ रुपैयाँ बक्यौता उठ्नुपर्ने थियो ।
केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा ५३ करोड ९४ लाख ३१ हजार ६ सय १३ रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा ५४ करोड २० लाख ६० हजार २ सय ७८ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो ।
विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण