
मुगु । लामो समयदेखि दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिनुभएकी सरोजा बुढथापा ‘ह्युमान हर्मोनी अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
बुढथापालाई दुर्गम जिल्लामा बसेर कैयौँ कठिनाइका बाबजुद आमा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान गरेको भन्दै मानव सद्भाव नेपालले सम्मानित गरेको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले सोमबार एक कार्यक्रमकाबीच सामाजिक कार्यकर्ता सरोजा बुढथापालाई सम्मानसहित ‘ह्युमान हर्मोनी अवार्ड–२०२४’ प्रदान गर्नुभएको थियो ।
सम्मानित बुढथापाले मुगु जिल्ला अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत रहँदा तीन हजार महिलालाई स्वास्थ्य संस्था बाहिर र पाँच हजार महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउनुभएको थियो ।
माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्रायः स्वास्थ्यकर्मी अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले जिल्ला अस्पताल नछोडी दिनरात बिरामीको सेवा गर्नुभएको थियो । सबैले अस्पताल छोड्दा पनि तत्कालीन राज्य सत्ता सञ्चालनमा सहयोग गरेको भन्दै माओवादीले उहाँलाई अपहरण गरेको थियो । १५ दिनसम्म अपहरित हुँदा उहाँले माओवादीका कैयौँ बिरामी कार्यकर्ताको उपचार गर्नुभएको बुढथापाले बताउनुभयो । विसं २०४३ मा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएकी नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गर्नुभएको छ ।
मुलुकमा सङ्घीयता कार्यान्वयन पछि तीन तहका सरकार मातहतमा कर्मचारी समायोजन भएपछि स्थानीय तहमा समायोजन गरी उहाँलाई जुम्लाको हिमा गाउँपालिकामा खटाइयो ।
‘जुम्लाको दुर्गम पालिकामा पनि मुगुपछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटी थियो’ उहाँले भन्नुभयो– ‘मलाइ गाउँपालिकाले पद अनुसारको काम दिएन मैले एक वर्ष काम विहीन भएर दिन बिताउनु प¥यो र अन्ततः मैले आफ्नो सेवा अवधि हुँदै तीन वर्ष अगावै राजिनामा दिएँ ।’ उहाँ सेवा निवृत्त भए पनि ज्येष्ठ नागरिक, आमा तथा बालबालिकाको सेवामा तल्लीन हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण